१६ असार २०८३, मंगलबार

रुसको सीमा नजिकै ३० हजार नेटो सैनिक तैनाथ, युद्धाभ्यास गर्दै

चैत १०, २०७८
रुसको सीमा नजिकै ३० हजार नेटो सैनिक तैनाथ, युद्धाभ्यास गर्दै

रुस–युक्रेन युद्ध जारी रहेकै बेला अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोका ३० हजार सेना रुसको सीमा नजिकै तैनाथ भएका छन् ।

सीमा नजिक तैनाथ रहेका नेटो सेनाले परमाणुदेखि पनडुब्बीसम्मका अभ्यास गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेटो सेना रुसको सीमासम्मै तैनाथ भएपछि रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने देखिएको छ । युद्धमा हालसम्म रुसका ७० भन्दा बढी फाइटर विमान र १०० भन्दा बढी हेलिकप्टर नष्ट भइसकेका छन् ।

युक्रेनमाथि आक्रमण भएपछि अमेरिकी गठबन्धनमा रहेका देशले रुसमाथि विभिन्न खाले प्रतिबन्ध समेत लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्