१४ असार २०८३, आइतबार

रुसको प्रस्तावमा भारतले गरेन मतदान, युक्रेन संकटमा तटस्थता कायम

रुसको प्रस्तावमा भारतले गरेन मतदान, युक्रेन संकटमा तटस्थता कायम

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रुसले राखेको प्रस्तावमा भारतले मतदान गरेन । जसले गर्दा रुसको प्रस्ताव पारित भएन ।

रुस–युक्रेन युद्धमा भारत तटस्थ रहँदै आएको छ । यसअघि युक्रेनले राखेको प्रस्तावमा समेत भारत तटस्थ बसेको थियो ।

कूल १५ सदस्यीय परिषद्का १३ सदस्य तटस्थ बस्दा प्रस्ताव पारित हुन सकेन । रुस र चीन मात्रै प्रस्तावको पक्षमा देखिएका थिए ।

प्रस्तावमा रुसले महिला, बालबालिका र सबै नागरिकलाई सुरक्षित राख्न, रुस र युक्रेनबीच राजनीतिक वार्ता, मध्यस्तता र शान्तिपूर्ण तरिकाले समाधान निकाल्न अपिल गरेको थियो ।

रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्