१० असार २०८३, बुधबार

लेटाङ घटना सेलाउन नपाउँदै सुनसरीकी बालिका यौन दुर्व्यवहारको शिकार

लेटाङ घटना सेलाउन नपाउँदै सुनसरीकी बालिका यौन दुर्व्यवहारको शिकार
प्रतिकात्मक तस्वीर

मोरङको लेटाङमा एक विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै सुनसरीकी बालिका यौन दुर्व्यवहारको शिकार बनेकी छन् । 

सुनसरीको गढी गाउँपालिका–२ मा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

चैत्र ८ गते मंगलवार पसलबाट फर्कंदै गरेकी १५ वर्षीया बालिकालाई २ जना मिलेर जिस्क्याएको तथा शरीरका गोप्य अंगमा छुन खोजेको भनी किटानी जाहेरी परेपछि आरोपीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले बताए । 

पक्राउ परेकाको नाम सार्वजनिक गर्न प्रहरीले मानेको छैन । ‘आरोपी पनि नाबालक भन्ने कुरा आएको छ,’ प्रहरी निरीक्षक खजुमले भने, ‘उमेर खुल्ने कागजात ल्याउन भनेका छौं ।' उनका अनुसार पक्राउ परेकाहरू २० वर्षभन्दा कम उमेरका हुन् ।

प्रहरीले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ । उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्