०२ असार २०८३, मंगलबार

चाबहिल–साँखु सडक पिच गर्न माग गर्दै बाटो अवरुद्ध गरेर स्थानीयले गरे विरोध, एमाले सांसदसँग चर्काचर्की

चाबहिल–साँखु सडक पिच गर्न माग गर्दै बाटो अवरुद्ध गरेर स्थानीयले गरे विरोध, एमाले सांसदसँग चर्काचर्की
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

चाबहिल–साँखु सडक खण्ड पिच गर्न माग गर्दै स्थानीय र एमाले सांसदबीच चर्काचर्की परेको छ । स्थानीयले बाटो पिच नभए अवरुद्ध गर्ने भन्दै एमाले सांसद रामेश्वर फुँयाललाई घेरा हारेर र्‍याखर्‍याख्ती पारेका छन् ।

यो सडकखण्डमा काम शुरू गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासीले विहीबार बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारेका छन्  । स्थानीयले बाटो अवरुद्ध गरेपछि खुलाउने पहल गर्न फुँयाल प्रहरीसहित गएका थिए ।

फुयाँलले जति साइट क्लियर छ त्यति नै पिच गर्ने आश्वासन भने दिएका छन् । उनले आफ्नो आधा जिन्दगी जनताकै लागि लडेकाले जनताको पक्षमा भएको बाटो खुलाउन आग्रह गरे । 

स्थानीयले भने जनताले बनाएको नेताले जनताकै लागि काम नगरेको भन्दै सांसद फुँयालबीच सडकमै सवाल जवाफ गरेको । संसद फुयाँलले बाटो बनाउनै ठेक्का लगाएको भएपनि अहिलेसम्म साइट क्लियर नभएरै बाटो विस्तार हुन नसकेको अवस्था रहेको बताए । स्थानीयले भने साइट क्लियर नभइ बजेट किन राखेको, ठेक्का किन गरेको भन्दै र्‍याखर्‍याख्ती पारेका छन् । 

संसद फुयाँलले बाटो नरोक्न र आज एक दिन भित्रै प्रगति हुने भएकोले बाटो खुला गर्न र भोलि शुक्रबार विहान ८ बजे स्थानीयसहित मिटिङ गर्ने बताए । स्थानीयले भने बाटो बनाउनुपर्ने र झूटा आश्वासन नबाँड्न नाराबाजी पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्