०५ असार २०८३, शुक्रबार

युक्रेनमा रुसले रणनीतिक विजय पाइरहेको अमेरिकाको रक्षा मन्त्रालयले गर्‍यो स्वीकार

चैत १०, २०७८
युक्रेनमा रुसले रणनीतिक विजय पाइरहेको अमेरिकाको रक्षा मन्त्रालयले गर्‍यो स्वीकार

मंगलवार अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पत्रकारहरूलाई लीक गरेको सूचना केलाउँदा युक्रेनमा रुसले रणनीतिक विजय प्राप्त गरिरहेको निष्कर्ष निकाल्न सकिन्छ ।

‘यस भीषण युद्धमा रुसले देखाएको व्यवहार हेर्दा भ्लादिमिर पुटिन युक्रेनलाई तहसनहस पार्न तथा अधिकतम सर्वसाधारणलाई क्षति गर्न उद्यत भन्ने भाष्य काटिन्छ । यसले पुटिनको रणनीतिक सन्तुलनलाई उजागर गर्छ,’ न्युजवीक पत्रिकाको एक लेखमा उल्लेख छ । 

उक्त लेखमा पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सीका एक विश्लेषकलाई उद्धृत गरिएको छ । त्यसमा उनी भन्छन्, ‘कीभको मध्यभागलाई छोइएको पनि छैन । अनि लामो दूरीका सबै आक्रमणहरू सैन्य लक्ष्यमा प्रहार गरिएका छन् ।’

पेन्टागनका लागि ठेक्कापट्टा गर्ने संस्थाका विश्लेषक तथा अमेरिकी वायुसेनाका सेवानिवृत्त अधिकारीले थपे, ‘हामीले रुसको वास्तविक आचरणलाई बुझ्नुपर्छ । रुसले अन्धाधुन्ध बम प्रहार गरिरहेको छ भनी आफैंलाई विश्वस्त तुल्याउँदा वा प्राविधिक रूपमा कमजोर भएकाले रुसले युक्रेनलाई थप क्षतिग्रस्त नबनाएको भन्ने सोच हामीले राखेमा हामीले वास्तविक द्वन्द्व नबुझेको ठहर्छ ।’

लेखमा भनिएको छ, ‘गत आइतवारसम्म हेर्दा रुसले १४ सयपटक आक्रमणका लागि जहाज उडाएको छ र एक हजार जति क्षेप्यास्त्र प्रहार गरेको छ । सन् २००३ मा इराकमाथि आक्रमण गर्दा अमेरिकाले पहिलो दिनमै यसभन्दा बढी उडान गरेको थियो र बढी हतियार प्रहार गरेको थियो ।’

रुसले गरेका आक्रमणले नागरिक संरचनालाई क्षतिग्रस्त तथा ध्वस्त पारेका छन् अनि निर्दोष नागरिकलाई घाइते पनि बनाएका छन् । तर मृत्यु र विनाशको स्तर हेर्दा रुसले आफ्नो पूर्ण क्षमता उपयोग गरेकै छैन भन्ने थाहा हुन्छ ।

पेन्टागनका स्रोतहरूले पुटिन तथा रुसको रक्षा मन्त्रालयले भन्दै आएका कुरालाई पुष्टि गरेका छन् । युक्रेनमा रुसको अग्रता रोकिएको नभई रुसले शहरहरूलाई घेराबन्दी गर्ने युद्ध योजनालाई सफल कार्यान्वयन गरेको देखिन्छ । उसले नागरिकलाई सुरक्षित निकाल्न मानवीय कोरिडोर खोलेको छ । पानी, बिजुली, टेलिफोन र इन्टरनेट लगायतका नागरिक संरचनालाई केही गरेको छैन । अनि सकेसम्म कम नागरिक हताहत होऊन् भनी उसले प्रयास गरेको छ ।

पेन्टागनले यी लीकहरू गर्नुअघि रुसले सत्य बोलिरहेको कुरालाई पुष्टि गर्न गाह्रो थियो । युक्रेनका प्रचारकहरूले बनाएका हावादारी कथालाई पश्चिमको कर्पोरेट मिडियाले जस्ताको त्यस्तै प्रस्तुत गरिरहेको कुरालाई पनि पेन्टागनको लीकले पुष्टि गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्