११ असार २०८३, बिहीबार

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, विश्वका ४० मुलुकबाट सहजै रेमिट्यान्स पठाउन सकिने

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, विश्वका ४० मुलुकबाट सहजै रेमिट्यान्स पठाउन सकिने

नेपालको रेमिट्यान्स बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र  विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको बिएफसी बेंक अन्तरगत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो  सम्झौतासँगै  अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  (सीईओ) अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरे । 

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने,'इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ ।  यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ।'

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा ै डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।

त्यस्तै इजेड रेमिटको शाखाहरूबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट  पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । सातै इसेवा मनि मार्फत आएको रकम प्रभु म्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरूबाट समेत भुक्तानी लिन सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्