०५ साउन २०८३, मंगलबार

नेटोले पूर्वी भागमा सेनाको संख्या बढाउने, के गर्ला रुसले ?

चैत १०, २०७८
नेटोले पूर्वी भागमा सेनाको संख्या बढाउने, के गर्ला रुसले ?

उत्तरी आन्ध्र सन्धि संगठन नेटोले पूर्वी भागमा तैनाथ सैन्य बलको संख्या बढाउने भएको छ । 

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले यसको जानकारी दिएका हुन् । 

नेटोका सदस्यहरूले स्थल, जल र आकाशमा नेटोको स्थिति बलियो बनाउन सहमति जनाउने स्टोल्टेनबर्गको भनाइ छ । 

पहिलो कदमका रूपमा चार नयाँ नेटो युद्ध समूहको तैनाथी गर्ने स्टोल्टेनबर्गको भनाइ छ । बुल्गेरिया, हंगेरी, रोमानिया र स्लोभाकियामा सैन्य संख्या बढाइने उनको भनाइ छ र 

नेटो सदस्यहरूले अतिरिक्त सहायता प्रदान गर्न सहमति जनाउने आशा गरेको पनि स्टोल्टेनबर्गले बताए । साइबर सुरक्षा, युक्रेनलाई रासायनिक, जैविक, रेडियोलोजिकल र आणविक जोखिमबाट बचाउने उपकरण पनि उपलब्ध गराइने उनको भनाइ छ । 

रुसको सीमा नजिक पूर्वी युरोपमा नेटोले उपस्थिति बढाएमा कठोर कारवाही गर्ने चेतावनी रुसले दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्