विराटनगर, २४ असार– विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
समाचार तयार पार्दासम्म नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा एमालेका विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा माओवादी केन्द्र की नमिता न्यौपानेको ९ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको ८ हजार २८४ मत रहेको छ ।