२८ असार २०८३, आइतबार

'पीर' गीतबारे सुरक्षा पन्त भन्छिन् : म भएको भए दृश्य हटाउँदिन थिएँ

'पीर' गीतबारे सुरक्षा पन्त भन्छिन् : म भएको भए दृश्य हटाउँदिन थिएँ

अभिनेत्री सुरक्षा पन्तले आफूले भए 'पीर' गीतको दृश्य हटाउनु गायक प्रकाश सपुतको नितान्त व्यक्तिगत कुरा भएको बताएकी छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभिनेत्री पन्तले  आफूलाई गीतको बारेमा धेरै म्यासेजहरू आएको बताइन् । 

अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको सुनाइन् ।

अभिनेत्री पन्तले भनिन्, ‘मलाई पनि यस भिडियोको बारेमा केही कुराहरु आएका छन् । यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो ।  म भएको भए हटाउँदिन थिएँ । उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो । त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्