०९ असार २०८३, मंगलबार

चीन–भारतबीचको लफडा यस्तो, भूटानलाई तिब्बत बनाउला चीनले ?

कात्तिक २०, २०७४
चीन–भारतबीचको लफडा यस्तो,  भूटानलाई तिब्बत बनाउला चीनले ?
सीमामा चीन र भारतबीच जारी तनावमा भूटानको चर्चा छ । जुन क्षेत्रमा सीमा विवाद भएको छ त्यो क्षेत्र भूटान र चीनको बीचमा रहेको छ ।

चीनको सरकारी समाचार ग्लोबल टाइम्सले आरोप लगाएको छ की भारत आफ्नो फाइदाको पूर्तिको लागि भूटानको प्रयोग गरिरहेको छ ।

पत्रिकालले भूटानको सीमा चौकीमा भारतले विनाकारण टांग अड्काएको छ । चीनको सरकारी पत्रिका लेख्छ,‘पहिले चीन र भूटानको सीमामा कयौं घटना भएका थिए । सवैको समाधान भूटानी सेना र चिनियाँ सेनाको छलफलमा हुने गरेको थियो, जसमा कहिले भारतीय सेनाको आवश्यकता परेको थिएन ।

पत्रिका अगाडि लेख्छ , यसमा कुनै शंका छैन की भूटानमा भारतीय सैनिकको उपस्थिति र भूटानी सेनाको भारतमा तालिम तथा सहयोगले यो प्रस्ट गर्छ की भारतले भुटानका लागि यस्तो गरेको छैन । भारतले त आफ्नो सुरक्षाका लागि गरिरहेको छ । जुन चीन विरुद्धको सामरिक योजनासँग जोडिएको छ ।’

यस बीच राष्ट्रिय स्वयं सेवक संघको मुखपत्र अर्गनाइजरका पूर्व सम्पादक शेषद्री चारीले ट्वीट गर्दै भनेका छन्,‘चीन अग्रिम रुपमा आफ्नो योजनाको तयारी गरिरहेको छ । सन् १९४८ मा माओले पनि यसैगरि तिव्वतलाई आफ्नो कव्जामा लिएका थिए । के वर्तमान तनावले भूटानलाई दोस्रो तिव्वत बनाउन लागेको हो ?


डोकलाममा चीन र भारतको बीच भएको तनावलाई लिएर भूटानी सञ्चारमाध्यमहरुले आक्रामकता देखाएका छैनन् ।

दोस्रो तर्फ चीन र भारतीय मिडियाले यस तनावमा देखाएको आक्रामकता सहजै अनुमान गर्न सकिन्छ । भूटानको सरकारी समाचार क्यून्सेलले डोकलाममा चीनले सडक बनाएको चिन्ता व्यक्त गरेको छ ।

भूटान र चीनको बीच जुन चार क्षेत्रमा विवाद छ त्यसमध्ये डोकलाम पनि एक हो । भूटानले विवादीत क्षेत्रलाई जस्ताको तस्तै छोड्नुपर्ने र केही बनाउन परे दुवै पक्षबीच सहमति आवश्यक पर्ने बताउँदै आएको छ ।

चीनले बनाउन सुरु गरेको उक्त सडकलाई पहिला भूटानी सेनाले रोक्न खोज्य तर चीनले त्यसलाई बेवस्ता ग-यो । पछि भारतीय सेनाले उक्त सडक निर्माणलाई रोके । यसको बदला भारतीय सैनिकको छोटी चौकीलाई चिनियाँ सेनाले उडाइदिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चीनले भूटानको केही क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । चीनले १९८८ देखि त्यहाँ अतिक्रमण गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्