१२ साउन २०८३, मंगलबार

रुसका पूर्वराष्ट्रपति मेदभेदेभ भन्छन्– अमेरिका पृथ्वीको मालिक हैन

चैत ११, २०७८
रुसका पूर्वराष्ट्रपति मेदभेदेभ भन्छन्– अमेरिका पृथ्वीको मालिक हैन

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले एकध्रुवीय विश्वको अन्त्य भएको बताएका छन् । 

स्पुतनिक र आरटीसँगको अन्तर्वार्तामा मेदभेदेभले अमेरिकीहरू पृथ्वीको मालिक नभएको बताए । 

कुनै बेलामा उदारवादी मानिने मेदभेदेभ हालैका दिनमा पश्चिमको व्यवहारप्रति कठोर अभिव्यक्ति दिइरहेका छन् । 

युक्रेनमा रुसको आक्रमणपछि रुसविरोधी भावनाहरू प्रस्फुटित भएको जस्तो देखिएपनि विगत ३० वर्षदेखि पश्चिमाहरू रुसलाई घृणा गर्दै आएको उनले बताए । 

‘सेता दाँत देखाएर राजनीतिकर्मी र कूटनीतिकर्मीहरूले पाखण्डपूर्वक एक कुरा भने अनि बिल्कुलै अर्को कुरा गरे,’ उनले बताए ।
 

कमेन्ट गर्नुहोस्