०५ साउन २०८३, मंगलबार

रोहित पौडेलले प्रहार गरे शतक

रोहित पौडेलले प्रहार गरे शतक
फाइल फोटो

रोहित पौडेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि शतक प्रहार गरेका छन् ।

नेपाल र पपुवान्युगिनीबीचको एकदिवसीय सिरिजअन्तर्गत काठमाडौंको कीर्तिपुरमा जारी खेलमा रोहितले शुक्रवार शतक प्रहार गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म १०० बल खेलेका रोहितले ७ चौका र ४ छक्काको मद्दतले १ सय १९ रन जोडेका छन् ।

यसै खेलबाट रोहित एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको ४८० रनको रेकर्ड तोडेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्