
प्रगतिशील लेखक संघ काठमाडौं जिल्ला शाखाको शनिवार सम्पन्न पाँचौं अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन भएका छन् ।
सदस्यहरूमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले शुभारम्भ गरेको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो ।
प्रलेसको १२औं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते काठमाडौंमा हुँदैछ ।