०४ असार २०८३, बिहीबार

अटो मेकानिक्स ट्रेड युनियनको राष्ट्रिय अधिवेशन बुटवलमा शुरू

अटो मेकानिक्स ट्रेड युनियनको राष्ट्रिय अधिवेशन बुटवलमा शुरू

नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौँ राष्ट्रिय अधिवेशन शनिवारदेखि बुटवलमा शुरू भएको छ । 

अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा धेरै ठूलो परिवर्तन आएको बताए । संगठन स्वतन्त्रता, न्यूनतम ज्याला मात्र होइन अब जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म पुगेको उनले बताए । 

अहिले नेपाली अटोमेकानिक्समा ३ प्रकारको समीकरण रहेको दाबी गर्दै उनले स्वरोजगार, स्वरोजगारसँगै ज्याला जस्ता विषय मुख्य रुपमा रहेको बताए । 

कार्लमाक्सको समय अनुसारको श्रमको कुरा अहिले विश्वबजारमा नरहेको उनले दाबी गरे । देशभर ७ प्रदेशमा नाटुमा ७ हजार बढी सदस्यहरू आबद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्