
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ ।
शनिवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।
दुई परराष्ट्रमन्त्रीबीचको भेटवार्ता पछि आजै दुई देशको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिवार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुई पक्षीय छलफल हुने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
उक्त छलफलपछि विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने कार्यक्रम छ ।

