११ असार २०८३, बिहीबार

श्वास गन्हाउने समस्या छ ? यी ४ चीजको सेवनबाट बच्नुस्

चैत १३, २०७८
श्वास गन्हाउने समस्या छ ? यी ४ चीजको सेवनबाट बच्नुस्

खानपानमा ख्याल नगर्दा श्वास गन्हाउने समस्याले प्राय मानिसहरू हैरान हुन्छन् । 

त्यस्तो समस्याले गर्दा कतिपय अवस्थामा लज्जाबोध समेत हुने अवस्था आउँछ । 

तर यसलाई सामान्य खानपानको तरिका बदलेर मात्रै पनि कम गर्न सकिन्छ ।

श्वास गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् 

१ :   प्याज तथा लसुनले श्वासको दुर्गन्ध बढाउन सहयोग गर्छन् । यी वस्तुहरूमा सल्फरको मात्रा अधिक हुन्छ । जसकारण खाएको केही पलमै यसले असर देखाउन थाल्छ । सल्फर हाम्रो रगतमा घुलिन्छ र श्वास छोड्दा सँगसँगै बाहिर निस्कन्छ । तसर्थ श्वासको गन्ध हटाउनका लागि लसुन तथा प्यासहरू सकभर नखानुहोस् ।

२. चीजले पनि श्वासको दुर्गन्ध बढाउन सहयोग गर्छ । यसमा अमिनो एसिड हुन्छ । जसले मुखमा प्राकृतिक रुपमा पाइने ब्याक्टेरियासँगै मिलेर सल्फर कम्पाउन्ड बाउँछ । यसको रिएक्सनबाट हाइड्रोजन सल्फाइडसमेत बन्छ । जसले श्वासलाई खराब दुर्गन्ध आउने बनाइदिन्छ । तसर्थ चीजको सेवन नगर्नुहोस् । 

३. अल्कोहल पिउनाले पनि श्वास गन्हाउँछ । यस्तै कफीले पनि श्वास गन्हाउने हुन्छ । यी दुवै चीजले मुखमा डिहाइड्रेट गराउँछ । यसको प्रभाव ब्याक्टेरियामा हुन्छ । तसर्थ यी दुवैको सेवनबाट बच्नु उपयुक्त हुन्छ ।

४.चिनीको सेवनले पनि श्वास गन्हाउँछ । यसले मुखमा कैन्डिया यीस्टको स्तर बढाउँछ । तसर्थ स्वच्छ श्वासका लागि यसको सेवन नगर्नुस्  ।
 

salt training

कमेन्ट गर्नुहोस्