०९ साउन २०८३, शनिबार

मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गर्दै निर्वाचन आयोग

मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज (आइतवार) प्रकाशन गर्दै छ ।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।

आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको  हो ।आयोगले स्थानीय तहको निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने अनुमान गरेको छ ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन ।

फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्