१३ साउन २०८३, बुधबार

यसरी गरियो चिनियाँ विदेशमन्त्री वाङ यीको बिदाइ [तस्वीरहरू]

यसरी गरियो चिनियाँ विदेशमन्त्री वाङ यीको बिदाइ [तस्वीरहरू]

तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । 

वाङ यीको बिदाइका क्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए । 

गत शुक्रवार भारत हुँदै काठमाडौं ओर्लिएका वाङ यीले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । 

त्यसबाहेक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आएका थिए । उनी आएको अवसरमा नेपाल र चीनबीचको सहकार्यका लागि ९ बुँदे समझदारी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्