२४ जेठ २०८३, आइतबार

लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने

चैत १३, २०७८
लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने

पूर्वी युक्रेनमा रहेको लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने त्यहाँका स्थानीय नेता लियोनिड पासेच्निकले बताएका छन् । 

लुहान्स्कलाई रुसले स्वतन्त्र मुलुकको मान्यता दिइसकेको छ । 

‘निकट भविष्यमा गणतन्त्रको भूभागमा एक जनमतसंग्रह गरिनेछ जस्तो लाग्छ,’ पासेच्निकले बताए । ‘जनताले संवैधानिक अधिकार उपयोग गरी रुसमा समाहित हुने विषयमा धारणा व्यक्त गर्नेछन् ।’

लुहान्स्क र डोनेत्स्कलाई स्वतन्त्र राष्ट्र घोषणा गरेलगत्तै रुसले युक्रेनमा सैन्य कारवाही थालेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्