३२ असार २०८३, बिहीबार

माल्दिभ्समा फेरि किन उठ्यो भारतविरोधी आवाज ?

चैत १३, २०७८
माल्दिभ्समा फेरि किन उठ्यो भारतविरोधी आवाज ?

भारतका विदेशमन्त्री एस जयशंकर माल्दिभ्स भ्रमणमा छन् । 

उनले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र आफ्ना समकक्षी अब्दुल्ला शाहिदसँग भेटघाट गरेका छन् । 

तर विपक्षी दलहरूले जयशंकरको विरोध गरेका छन् ।

जयशंकरको भ्रमण निश्चित हुनेबित्तिकै पूर्व राष्ट्रपति अब्दुल्ला यामीनको प्रोग्रेसिभ पार्टी र गठबन्धन दल पिपुल्स नेसनल कंग्रेसले विरोधको घोषणा गरेका हुन् । 

विपक्षीहरूको विरोध प्रदर्शनका कारण माल्दिभ्स र भारतको सम्बन्ध बिग्रने भन्दै त्यसलाई रोक लगाइएको छ । 

राष्ट्रपति सोलिहले माल्दिभ्स भारतलाई बेचेको आरोप विपक्षी दलहरूले लगाएका छन् । 

हिन्द महासागरको रणनीतिक क्षेत्रमा पर्ने भएकाले माल्दिभ्समा भारत र चीनबीच प्रभाव जमाउने विषयमा प्रतिस्पर्धा छ । 

माल्दिभ्समा रहेका कट्टर मुसलमानहरूले भारतविरुद्ध उत्तेजक कुरा गर्ने गरेको छ । 

सन् २०२४ मा माल्दिभ्समा संसदीय चुनाव हुँदैछ । चुनावमा परराष्ट्रनीति प्रमुख मुद्दा बन्ने गरेको छ । माल्दिभ्सको आर्थिक विकास उसको परराष्ट्रनीतिमा निर्भर रहने गरेको छ । 

त्यसैले चुनावलाई समेत ध्यानमा राख्दै माल्दिभ्सका विपक्षी दलहरूले भारतविरोधी नारा चर्काउने गरेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्