१४ असार २०८३, आइतबार

भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो यहाँ सार्वजनिक गरिएको हो ।

गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले  ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

उक्त गीतमा गायक सुनारकै  स्वर, शब्द र सङ्गीत रहेको छ । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा पनि गीतमा समेटिएको छ ।

उक्त गीतको श्रव्यदृश्यमा ध्रुव विश्वकर्मा, निश्चल कार्की र प्रमोद श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

सम्भव सुवेदीले छायाङ्कन र सम्पादन  गरेको भिडियोमा  कल्याण थापाको निर्देशन रहेको छ ।   गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्