०९ असार २०८३, मंगलबार

ट्रयाक्टरबाट खसेर १ युवतीको मृत्यु

ट्रयाक्टरबाट खसेर १ युवतीको मृत्यु
प्रतिकात्मक तस्वीर

तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्रयाक्टरबाट खसेर १ युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय भानुले जनाएको छ । 

ग१त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

शनिवार राति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्