०५ साउन २०८३, मंगलबार

गंगा नदी किनार पुगेर देउवाले गरे काशी विश्वनाथको दर्शन

गंगा नदी किनार पुगेर देउवाले गरे काशी विश्वनाथको दर्शन

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशस्थित गंगा नदी किनारमा पुगेर काशी विश्वनाथको मन्दिर दर्शन गरेका छन् ।

भारत भ्रमणमा रहेका देउवाले आइतवार मन्दिरको दर्शन गरेका हुन् ।

हिन्दू धर्मावलम्बीको तीर्थस्थल काशीमा देउवालाई मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।

भारत भ्रमणका क्रममा देउवाले शनिवार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्