१२ साउन २०८३, मंगलबार

बुद्ध एयरको भद्रपुर–पोखरा सिधा उडान

बुद्ध एयरको भद्रपुर–पोखरा सिधा उडान

बुद्ध एयरले नव वर्ष २०७९ वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान तालिका सार्वजनिक गरेको छ ।

आइतवार प्रेस विज्ञप्तिमार्फत यस रुटका लागि बुद्ध एयरले शुरूआती भाडादर ६ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुनेछ ।

उडानबाट दुवै प्रदेशका वासिन्दा मात्र लाभान्वित नभई सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने जनाइएको छ । सीमापारिबाट आएका पर्यटक भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन् ।

भद्रपुर वरिपरि रहेका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चिया बगान, हिमश्रृंखलाको पनि पर्यटकले अवलोकन गर्न सक्नेछन् । 

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरू पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

बुद्ध एयरले पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र २ वटा बीचक्राफ्ट जहाज छन् ।

salt training

कमेन्ट गर्नुहोस्