
पाकिस्तानका उपमहान्यायाधिवक्ता राजा खालिदले पदबाट राजीनामा दिएका छन् ।
इमरान खान सरकारले आफूविरुद्धको अविश्वासको प्रस्तावलाई गैरसंवैधानिक तवरले रद्द गरेको र संसद् भंग गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
‘आज जे भयो त्यो तानाशाहको शासनमा मात्र अपेक्षा गरिन्छ,’ उनले बताए ।