१२ असार २०८३, शुक्रबार

काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसिन् महिला

काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसिन् महिला

काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा महिला खस्न पुगेकी छन् । सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने  ४५ वर्षीया पेमा शेर्पा सोमबार इनारमा खसेकी थिइन् । 
 प्रहरी प्रधान कार्यालय विपत व्यवस्थपन महाशाखा सामाखुशीबाट खटिएको उद्दार टोलीले सकुशल उनको उद्दार गरेको छ । 

निजलाई उपचारको लागि बूढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनी बोल्न सक्ने अवस्थमा छिन् । यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्