२६ जेठ २०८३, मंगलबार

बिहे लगत्तै नयाँ फिल्ममा काम गर्ने आलियाको तयारी, हलिउडमा गर्नेछिन् डेब्यु

चैत २२, २०७८
बिहे लगत्तै नयाँ फिल्ममा काम गर्ने आलियाको तयारी, हलिउडमा गर्नेछिन् डेब्यु

बलिउडकी चर्चित अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपूरको विवाह अप्रिल १७ तारिखमा हुने बताइएको छ ।

विवाहको कार्यक्रम तय गर्न व्यस्त यी दुई जोडीले विवाह लगत्तै पनि नयाँ चलचित्रमा काम शुरू गर्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

आलियाले विवाह लगत्तै एक हलिउड चलचित्रमा काम थाल्ने बताइएको छ ।

उनले मे महिनामा आफ्नो हलिउड चलचित्रको शुटिङ शुरू गर्नेछिन् ।

शुटिङका लागि आलिया अमेरिका जाने बताइएको छ । 

उनले बलिउडपछि अब हलिउड चलचित्रमा समेत डेब्यु गर्न लागेका हुन् । 

हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’मा उनले काम गर्न लागेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्