
लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको गुरुयोजना स्वीकृत गरेको छ ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङमा निर्माण हुने गुरुयोजना स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।
गुरुयोजना प्रदेश पूर्वाधार विकास प्राधिकरणले २ हप्ताअघि गुरुयोजना सरकारलाई बुझाएको थियो ।
बैठकले प्रदेश सरकारले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिए ।
पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रूपमा करुणा काफ्ले, चित्र सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनित गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रदेश निःशुल्क रक्त सञ्चार व्यवस्थापन कार्यविधि समेत स्वीकृत गरेको छ । प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि पनि स्वीकृत गरिएको छ ।