
प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सफा हिमाल अभियानको ‘फ्ल्याग अफ सेरमोनी’ सम्पन्न भएको छ ।
जंगी अड्डामा आयोजित विशेष समारोहबीच कार्यक्रम सम्पन्न भएको हो ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरूप नेपाली सेनाको अगुवाईमा २०७८ चैत्र २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म अभियान सञ्चालन हुन गइरहेको छ ।