०४ साउन २०८३, सोमबार

एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै माओवादीमै फर्किए गाउँपालिका अध्यक्ष

एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै माओवादीमै फर्किए गाउँपालिका अध्यक्ष

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा डल्लाकोटी माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउँदै एमाले प्रवेश गरेका थिए ।

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङको पार्टीपंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु ।’

उनले आफू आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैशाख ३० गतेका लागि निर्धारित स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टी अदलबदल गर्ने क्रम बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्