०७ असार २०८३, आइतबार

भानु जयन्तीमा बिदा दिने प्रदेश सरकारको निर्णय

भानु जयन्तीमा बिदा दिने प्रदेश सरकारको निर्णय

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सार्वजनिक विदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए। तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक विदा दिँदै आएको छ । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित आचार्य वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । 
 

कमेन्ट गर्नुहोस्