०७ असार २०८३, आइतबार
मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको भाउ पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको भाउ पनि बढ्यो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम संचालक समितिको बैठकले मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ । 

निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।  यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन (आन्तरिक) तर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको निगमले जनाएको छ । 

  निगमले खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ । नयाँ मूल्य १६ सय रुपैयाँ कायम भएको हो । यसअघि १५७५ रुपैयाँमा ग्यास विक्री हुँदै आएको थियो । मूल्यवृद्धि पछि पनि निगम घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्