×

NMB BANK
NIC ASIA

चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

चैत २३, २०७८

NTC
Premier Steels

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

Muktinath Bank

गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।  भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७७ असारमा भूमिगत पहिराका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँडटोलका ७५ परिवार भूमिगत पहिराको जोखिममा छन् । धारापानीको किमबोटमा विद्यालय भवन निर्माणका लागि चक्रबहादुर थापा, उनका भाइ क्याप्टेन पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर र आमा कुन्तादेवी थापाको नाममा ६ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएका थिए । यसैगरी लालबहादुर थापा, कुलबहादुर थापा र अर्जुन थापाले पनि जग्गा उपलब्ध गराएका थिए ।


Advertisment
Nabil box
Kumari

मूल सडकबाट जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय सूर्यबहादुर थापा, बेदबहादुर थापा, झकबहादुर पुर्जा, शेरबहादुर थापा, खिमदल थापा, मनबहादुर थापा, चन्द्रबहादुर थापा र महादेव थापाले जग्गा उपलब्ध गराएका छन् । जग्गादाताको सम्मान गर्दै विद्यालयको नाम किसानी चन्द्रकुन्ता मावि राखिएको छ । प्रधानाध्यापक धु्रवबहादुर भण्डारीका अनुसार विद्यालयमा २२८ विद्यार्थी अध्ययनरत छन् ।

Vianet communication

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चारकोठे भवन निर्माण गरिएको थियो । भवन परिसरमा गुड नेवर्स इन्टरनेशलको रु नौ लाख ५९ हजार, धवलागिरि गाउँपालिकाको रु चार लाख ४५ हजार र समुदायको रु एक लाख ९६ हजारको लागतमा शौचालय निर्माण गरिँदै छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङ्गम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालनमा छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x