
उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितिले उद्योग मन्त्रालयलाई सुपारी आयात तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।
बुधवार समितिको बैठकमा सभापति विमल श्रीवास्तवले उद्योग र वाणिज्य सचिवहरूलाई तत्कालका लागि आयात सिफारिस राेक्न निर्देशन दिएका हुन् ।
समितिले आयात खुला गराइएका उद्योगमाथि अनुगमन गर्ने भन्दै अनुगमनको निष्कर्ष ननिस्किएसम्म आयात सिफारिस रोक्न निर्देशन दिएका हुन् ।