०१ असार २०८३, सोमबार

टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउनुपर्ने माग गर्दै कर्मचारी आन्दोलित

टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउनुपर्ने माग गर्दै कर्मचारी आन्दोलित

नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।

बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । 

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्ने तयारी गरीरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् । 

टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समिति अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । 

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । 

‘हामी के चाहन्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ,’ उनले भने, ‘संस्थाको उन्नति, प्रगतिको लागि र संस्थालाई दिगो जीवन्तता दिन पनि यहाँकै सिनियर सर/म्याडमहरू यहाँको एमडी हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’

नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरूलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्तिसमेत जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्