०३ साउन २०८३, आइतबार

भ्युटावरको बचाउ गर्दै ओलीले भने- मलेसियामा महाथिरलाई पनि पागल भनेका थिए

भ्युटावरको बचाउ गर्दै ओलीले भने- मलेसियामा महाथिरलाई पनि पागल भनेका थिए

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका उद्योगधन्दा बेच्ने दलले भ्युटावर निर्माणको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्युटावर नबनाउने भनेर कतिपय दल कसम खाँदै हिँडेको टिप्पणी गरे ।

‘बाँसबारी छाला जुत्ता, हरिसिद्धी इँटा टायल कारखानाले हामीलाई सोध्छन् के गर्‍यौ भनेर । हामीलाई कागज चाहिँदैन र कागज उद्योग बेच्ने ?,’ ओलीले भने, ‘अहिले एउटा नारा निकालेछन् भ्युटावर बनाउन्न भनेर कसम खान्छन् ।’ 

मलेसियामा ट्वीन टावर बनाउँदा मोहम्मद महाथिरलाई पागल भनेको स्मरण गर्दै ओलीले आज तिनै ट्वीनटावर  इकोनोमिक सेन्टर बनेको बताए । 

‘उनीहरू भीमसेन थापालाई पनि मूर्ख भन्छन्, धरहरामा कति मुरी धान फल्यो ? यिनीहरू त खोज्दा रहेछन् यस्तो । अब समाज भनेको दाल भात तरकारी मात्र होइन, लुगा लगाउनु मात्र होइन,’ ओलीले भने । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा र एमाले अध्यक्ष ओलीले रुपन्देहीको भ्युटावर उद्घाटन गरेपछि यसको विरोध भएको थियो । कांग्रेस नेताहरूले चुनावी घोषणापत्रमा भ्युटावर नबनाउने नेताहरूले बताउँदै आएका छन् । 

कांग्रेस नेताहरूको भनाइप्रति ओलीले टिप्पणी गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्