०२ साउन २०८३, शनिबार

लुम्बिनीका १०९ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनले संयन्त्र निर्माण गर्ने

लुम्बिनीका १०९ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनले संयन्त्र निर्माण गर्ने

लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनले संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

गठबन्धन दलका प्रदेश स्तरको बैठकले संयन्त्र निर्माण, नियमित बैठक बस्ने तथा मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने निर्णय गरेको छ ।

कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले केही दिनभित्रैमा गठबन्धनका दलहरूले मत विश्लेषणको रिपोर्ट पेश गर्ने निर्णय भएको बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आवश्यकता र महत्त्वबारे सभा गर्ने निर्णय पनि गरेको छ । निर्वाचन आउन अब ३६ दिन मात्र बाँकी छ ।
 
एकै ठाउँमा गर्ने कि ठाउँठाउँमा गर्ने भन्नेबारे टुंगो लागि नसकेको भन्दै पुनले यसबारे छलफल गरेर टुंगोमा पुगिने बताए । बुटवलमा बुधवार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ । 

बैठकमा कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, उपसभापति भुवन श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’, लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका नेता सहसराम यादव, लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादव, राष्टिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्