२४ जेठ २०८३, आइतबार

पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई संसद् बैठकमै उडाइयो मजाक (भिडियो)

चैत ३०, २०७८
पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई संसद् बैठकमै उडाइयो मजाक (भिडियो)

पाकिस्तानमा राजनीतिक उथलपुथलपछि शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेका छन् । 

शरीफले संसदमा विश्वास मत हासिल गरेकै समयमा पूर्व प्रधानमन्त्री इमरान खानको दलका सांसदले शरीफ अन्तर्राष्ट्रिय मगन्ते हुन् भन्दै भिडियो पोस्ट गरेका छन् । 

पाकिस्तान तहरीक-ए-इन्साफका सांसद फहीम खानले संसद् बैठक चलिरहेको बेलामा नै यो भिडियो बनाएका हुन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ । 

भिडियोमा शरीफ पनि देखिन्छन् । फहीम खानले शरीफलाई पनि क्यामराको फ्रेममा पारेर भिडियो खिचेका हुन् । 

फहीमले आफ्नो दल पीटीआई इमान्दार पार्टी भएको अनि शहबाज शरीफ अन्तर्राष्ट्रिय मगन्ते भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्