
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाइफ होमलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको हो ।
आसन्न वार्षिक उत्सवलाई लक्षित गर्दै आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो १५ औं वार्षिक उत्सव आगामी बैशाख ७ गते मनाउँदैछ ।
एक समारोहका बीच बैंकले २ लाख रुपैयाँको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बेबी लाइफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक पुनले जानकारी दिए ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रुपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।