०५ साउन २०८३, मंगलबार

मध्य युक्रेनको मिरगोरोद एयरफील्डमा रुसको आक्रमण, व्यापक क्षति

बैशाख १, २०७९
मध्य युक्रेनको मिरगोरोद एयरफील्डमा रुसको आक्रमण, व्यापक क्षति

रुसी वायुसेनाले मध्य युक्रेनमा रहेको पोल्ताभा क्षेत्रको मिरगोरोदस्थित एयरफील्डमा भीकेएस एयर स्ट्राइक गरेर व्यापक क्षति पुर्‍याएको छ । 

मिरगोरोदका मेयर भी इभानेन्कोले यसबारेमा जानकारी दिँदै बताए, ‘अनेकौं क्षति भएका छन् । आक्रमणपछि आगो लागेको थियो, अहिले त्यसलाई निभाइएको छ ।’

रुसको रक्षा मन्त्रालयले युक्रेनी सेनाका चार हेलिकप्टर, दुईवटा एमआई–२४ कम्ब्याट हेलिकप्टर र दुईवटा एमआई–८ ट्रान्सपोर्ट हेलिकप्टर ध्वस्त पारिएको जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्