
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार क्षेत्रकी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा खत्री र सुमारबीच भेटवार्ता भएको सुमारले ट्वीटरमा उल्लेख गरेकी छन् ।
ट्वीटरमा उनले आगामी वर्ष व्यस्तताको वर्ष हुने पनि उल्लेख गरेकी छन् ।
भेटमा नेपाल र अमेरिकाले एमसीसीमार्फत अघि बढ्ने सहकार्यको विषयमा छलफल भएको सुमारले उल्लेख गरेकी छन् ।
नेपालमा एमसीसी अनुमोदनको सकस भइरहेको बेला सुमार नेपाल आएर शीर्ष राजनीतिक नेताहरूलाई भेटेर एमसीसीबारे लबिङ गरेकी थिइन् ।