०७ असार २०८३, आइतबार

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि
प्रतिकात्मक तस्वीर

लमजुङको बेंसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ । 

केही दिनयता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८–६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो ।

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । 

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण शुरू भई आयोजना सन् २००८ मा सम्पन्न भएको हो ।

कूल २७ अर्ब २० करोड रुपैयाँको लागतमा आयोजना निर्माण भएको छ । 

कमेन्ट गर्नुहोस्