०१ साउन २०८३, शुक्रबार

मनाङमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा सञ्चालन

मनाङमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा सञ्चालन
प्रतिकात्मक तस्वीर

नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने मनाङको माथिल्लो क्षेत्रमा एटीएम सेवा सञ्चालनमा आएको छ । 

नयाँ वर्ष २०७९ को शुरूआतसँगै ग्लोबल आईएमई बैंक मनाङ शाखाले पहिलोपटक एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

एटीएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । पर्यटकलाई सहज बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आईएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए ।

‘मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटीएम सेवा सञ्चालनमा ल्याइएको हो,’ प्रबन्धक जोशीले भने । एटीएम सेवा सञ्चालनमा आएपछि स्थानीय समेत हर्षित भएका छन् ।

पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटीएम सेवा सञ्चालन भएको थिएन । 

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटीएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ,’ उनले भने ।

एटीएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘एटीएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ,’ उनले भने । 

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटीएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटीएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर ८ वटा बैंक रहेता पनि सदरमुकाममा प्रभू बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा २ बैंकले २ स्थानमा एटीएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटीएम सेवा सञ्चालन गर्न सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्