![नयाँ वर्षको स्वागतमा काठमाडौंमा मनमोहक हरियाली [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Green1_1MzyuUbJ8f.jpg)
काठमाडौंमा बढ्दो शहरीकरणसँगै जनसंख्या तथा मानवीय कारणले खोलाको अस्तित्व नै संकटमा पर्ने खतरा थियो तर ५ वर्ष पहिले खोलालाई बचाउने कामसँगै विकास निर्माणको तीव्रताले काठमाडौं उपत्यकाको कोरिडोर क्षेत्रको मुहार नै फेरिएको छ ।
कोरिडोर क्षेत्रको सौन्दर्यीकरणले तीव्रता पाएको छ । कोरिडोर निर्माणमार्फत नदी किनारामा रुख–विरुवा रोपेर सौन्दर्यीकरणको काम अगाडि बढाइएको छ ।
खोलाको दायाँबायाँ रंग भरिएको रेलिङ राखिएको छ भने हरिया रुख र फूलले कोरिडोर क्षेत्रलाई थप मनमोहक बनाइएको छ ।
बानेश्वर क्षेत्रको आकाशे पुलबाट तल सडकमा नियाल्दै गर्दा सडकको दुवैपट्टि र बीच भागमा हरिया बोट–बिरुवा देखिए । जसले शहरको सुन्दरतालाई झल्काइरहेको थियो ।
बिजुलीबजारको पुलमुनिदेखि मैतीदेवीको सेतोपुलसम्म कोरिडोर नियाल्दा चट्ट मिलेको खोलाको दायाँबायाँ हरियाली, फूल अनि रंगिएको रेलिङ ।
खोलाको पानी र ढल फोहोर भए पनि वरिपरिको हरियाली मनमोहक हुँदै गएको देखिन्छ ।











