०५ साउन २०८३, मंगलबार

लिथुएनियाबाट आएको ड्रोनलाई खसाएको बेलारुसले गर्‍यो दाबी

बैशाख २, २०७९
लिथुएनियाबाट आएको ड्रोनलाई खसाएको बेलारुसले गर्‍यो दाबी

बेलारुस र लिथुएनियाको सीमा नजिक एउटा सशस्त्र ड्रोन खसाइएको दाबी बेलारुसको रक्षा मन्त्रालयले गरेको छ । 

लिथुएनियाबाट आएको उक्त ड्रोनले कुनै क्षति गर्नुअघि नै त्यसलाई ध्वस्त पारेको बेलारुसको दाबी छ । 

बाल्टिक क्षेत्रमा नेटोका जहाजहरू आएर साझेदार तथा सहयोगी मुलुकहरूका साथ अभ्यास गरेकै बेलामा बाल्टिक मुलुक लिथुएनियाले बेलारुसतर्फ ड्रोन प्रहार गरेको हो । युक्रेनमा चलिरहेको युद्ध युरोपभरि फैलिन सक्ने सन्देश यसले दिएको छ ।
 

कमेन्ट गर्नुहोस्