१० साउन २०८३, आइतबार

कृष्ण सागरमा डुबेको रुसी जहाजका कर्मचारीलाई सेभास्तोपोलमा गराइयो परेड

बैशाख ४, २०७९
कृष्ण सागरमा डुबेको रुसी जहाजका कर्मचारीलाई सेभास्तोपोलमा गराइयो परेड

कृष्ण सागरमा रहेको रुसी युद्धपोत मोस्क्वामा आगो लागेर त्यो डुबेको भए पनि त्यसका कर्मचारीलाई उद्धार गरिएको छ । 

उद्धार गरिएका कर्मचारीहरूलाई रुसी जलसेना प्रमुख एड्मिरल निकोलाइ येभमेनोभ र ब्ल्याक सी फ्लीट कमान्डले सेभास्तोपोलमा भेटेका छन् ।

ती कर्मचारीहरूले रुसी जलसेनाका अन्य जहाजहरूमा काम गर्नेछन् । 

मोस्क्वा युद्धपोतको परम्परालाई कायम राख्ने एड्मिरल येभमेनोभले बताएका छन् । 

रुसको रक्षा मन्त्रालयले मोस्क्वा जहाज समुद्रमा डुबेको घोषणा बिहीवार गरेको थियो । जहाजमा भएका हातहतियार पड्केर आगो लागेको र जहाज डुबेको उनले जानकारी दियो । 

युक्रेनले चाहिँ दुईवटा नेप्चुन क्षेप्यास्त्र प्रहार गरेर रुसी जहाज डुबाइदिएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्