काठमाडौं, २८ असार- सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ ।
निर्णयलाई बुधबारदेखि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।