११ असार २०८३, बिहीबार

भोजपुरमा सडक निर्माणको काम तीव्रगतिमा

कात्तिक २०, २०७४
भोजपुरमा  सडक निर्माणको काम तीव्रगतिमा
भोजपुर, २८ असार । भोजपुर सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको हो । 

यही वैशाख २४ गते सम्झौता गरिएको योजना असार मसान्तभित्र सक्नुपर्ने भएकाले काम तीव्ररुपमा भइरहेको मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठले बताउनुभयो । ठेकेदार श्रेष्ठका अनुसार सडक निर्माण तथा कालोपत्रको काम भइरहेको छ । 

यसैबीच, सडक निर्माणका बेला सवारीसाधन बन्दले मार परेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए तर वर्षाका कारण भोजपुर–लेगुवा सडकखण्डको करिब ३० किलोमिटर बाटो अवरुद्ध भएपछि सदरमुकाम आउने सबै यातायात ठप्प रहेका छन् । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्