०१ असार २०८३, सोमबार

हलिउडमा दोस्रो फिल्म खेल्दै प्रियंका, यस्तो हुनेछ भूमिका

कात्तिक २०, २०७४
हलिउडमा दोस्रो फिल्म खेल्दै प्रियंका, यस्तो हुनेछ भूमिका

आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’ पछि बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले हलिउडको दोस्रो फिल्मको सुटिङ पनि सुरु गरेकी छन् ।

प्रियंका आफ्नो आगामी हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक ?’ मा एक एक दूतको भूमिकामा देखिने छिन् । प्रियंका यो फिल्ममा रिबेल विल्सन, लिआम हेम्सवर्थ, एडम डिवाइन जस्ता कलाकारसँग अभिनय गर्ने छिन् ।

रोमान्टिक कमेडी यो फिल्मको सुटिङ सुरु भइसकेको छ । यो फिल्मको कथा अमेरिकाको न्यूयोर्कका एक वास्तुकार (डिजाइनर) नटालीको जीवनमा आधारित छ ।

प्रियंकाको यो फिल्म आगामी भ्यालेन्टाइन डेको अवसर पारेर १४ फेब्रुअरी २०१९ मा रिलिज हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्