
आसन्न स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् ।
अघिल्लो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजीत भएकी दर्शनाले यसपटक भने उम्मेदवारी नदिने घोषणा गरेकी हुन् ।
बिहीवार एक विज्ञप्ति जारी गर्दै दर्शनाले आफूले अघिल्लो निर्वाचनमा गरेको वाचा पूरा गर्न नसकेको भन्दै त्यसकारण पुनः निर्वाचनमा उठ्न नमिल्ने भन्दै उनले उम्मेदवारी नदिने घोषणा गरेकी हुन् ।
विवेकशील साझा पार्टी परित्याग गरेर बसेकी दर्शनाले सक्रिय राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।
यस्तो छ उनको विज्ञप्ति

